सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल
भक्तपुरको सूर्यविनायक जङ्गलमा मानव कङ्‍काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्‍काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनि मानव कङ्काल फेला परेको जनाएको छ । त्यसैगरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्‍काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिर्सटसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजादैँसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र