शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री बराल

शुक्रबार, ०८ साउन २०७८, २२ : ४८
शुक्रबार, ०८ साउन २०७८

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  मन्त्रीमा आज नियुक्त भएका बरालले पदभार ग्रहण गर्दै प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले अर्थका श्रोत साधनमा ध्यान केन्द्रित गर्दै पूँजीगत खर्चलाई अधिकतम ढंगले परिचालन गरी विकास र समृद्धिको यात्रा तय गरिने बताए । पूँजीगत खर्च गर्न नसकेको अबस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भएपनि बजेट खर्च गर्ने उनको भनाई छ ।

शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हाले लगत्तै मन्त्री बरालले कर्मचारीलाई क्षमता, दक्षता र सृजनशीलताको आवश्यकता अनुरुप प्रयोग गरेर कार्यसम्पादन गर्न समेत आग्रह गरे । उनले विना हिचकिचाहट ढुक्क भएर कार्य गर्न कर्मचारीलाई निर्देशन दिदै इमान्दारितापूर्वक कार्य गर्ने कर्मचारीलाई आफुले कुनै प्रकारको दवाव र हस्तक्षेप नगर्ने प्रष्ट पारे । 

मन्त्री बरालले विश्वव्यापी रुपमा फैलिएको कोरोनाविरुद्ध अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतलाई प्रोत्साहन स्वरुप एक करोड रुपैयाँ विनियोजन गरेर पदभार ग्रहण गरेका छन् । मन्त्री बरालले सपथ लिएसँगै सिधै सहिद पार्कमा पुगेर महान शहीदका तस्बिरमा माल्यार्पण समेत गरेका थिए । त्यसपछि मन्त्री बराल छोरो पाटनमास्थित आफ्ना ९२ वर्षीय सानो बुबा श्यामलाल बरालको निवासमा पुगेका आर्शिवाद लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप