शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमा गुमाएर पनि गीत गाइरहेका कर्णराज भ्वाइस अफ नेपालबाट बाहिरिए

शुक्रबार, ०८ साउन २०७८, २२ : ४१
शुक्रबार, ०८ साउन २०७८

रियालिटी शो द भ्वाइस अफ नेपालबाट कर्णराज गिरी बाहिरिएका छन् । शुक्रबार राति भएको अन्तिम १० को प्रतिस्पर्धामा सबैभन्दा कम भोट पाएपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन् ।  शुक्रबारको प्रतियोगितामा उनी अन्तिम ९ को प्रवेशका लागि टीम तृष्णाबाट प्रतिस्पर्धामा थिए । 

राजधानीमा ट्याक्सी चलाउने काम गर्ने उनले औपचारिक रुपमा संगीत नसिकेको बताउँदै आएका छन् । तर उनी दर्शक स्रोतका मत जित्न सफल भएका थिए ।  उनको केही दिनअघि आमाको निधन भएपनि प्रतिस्पर्धामै रहेका थिए । आजको प्रस्तुतिपछि स्वास्थ्यमा समस्या भएपछि नतिजा घोषणा समारोहको लाइभमा उनी भर्चुअल माध्यमबाट जोडिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप