बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टोकियो ओलम्पिकको भव्य उद्घाटन, नाओमी ओशाकाले गरिन् दीप प्रज्वलन

शुक्रबार, ०८ साउन २०७८, २२ : ३१
शुक्रबार, ०८ साउन २०७८

जापानी टेनिस खेलाडी नाओमी ओशाकाले दीप प्रज्वलन गरेसँगै टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । ओशाका चार पटककी ग्रान्ड स्लाम टेनिस विजेता हुन् ।  जापानी सम्राट निरुहितो र ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचसहितको टोली रंगशाला छिरेसँगै उद्घाटन समारोह सुरु भएको थियो । कोरोना भाइरस महामारीका कारण एक वर्षपछि धकेलिएको प्रतियोगिताको उद्घाटन शुक्रबार हो । उद्घाटन समारोहमा कोभिड १९ बाट प्रताडित भएका मानिस तथा १९७२ को म्युनिख ओलम्पिकमा ज्यान गुमाउने ओलम्पियनहरुप्रति सम्मान प्रकट गर्न मौनधारण गरिएको थियो । 

यसपटकको ओलम्पिक उद्घाटन समारोहमा केही सिमित व्यक्तिहरुमात्रै दर्शक दिर्घामा उपस्थित थिए । फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन र अमेरिकी प्रथम महिलालगायत भिभिआईपीसहित केही सिमित पाहुनामात्रै रंगशालामा उपस्थित थिए । ६८ हजार दर्शक क्षमताको यस रंगशालामा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन ।  

कोरोना भाइरस महामारीका कारण यसरी दर्शकहरुलाई रंगशालाबाहिरै राख्न आयोजक बाध्य भएको हो । टोकियो शहरमा शनिबार १३ सयभन्दा धेरैमा संक्रमण देखिएको थियो । ओलम्पिकसँग सम्बन्धित १ सयभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ । २४ अगस्टसम्म सञ्चालन हुने ओलम्पिक खेलमा विश्वभरबाट झन्डै ११ हजार खेलाडीहरु सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप