बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुजिता भण्डारी प्रकरण : हाडनाता सम्बन्धले निम्त्यायो आत्महत्या

नाताका ‘दाजु’लाई दुरुत्साहन मुद्दा
शुक्रबार, ०८ साउन २०७८, २१ : ४१
शुक्रबार, ०८ साउन २०७८

चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारी प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा प्रहरीले सुजिताका ठुलो बुवाका छोरालाई पक्राउ गरेको छ । सुजिताको ठुलो बुवाको छोरा सुकदेव भण्डारीलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सुर्यबहादुर थापाले रातोपाटीलाई बताए ।

नातामा सुकदेव र सुजिता दाजु–बहिनी हुन् । तर, उनीहरुको बीचमा प्रेम सम्बन्ध थियो । हाडनाता भित्रको सो अफेयर आत्महत्याको कारण बनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मृतकका परिवारले सुकदेवविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका छन् । 

असार २० मा सुजिताको शव चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा फेला परेको थियो । घटनास्थलमा विषदीको बट्टा पनि भेटिएको थियो । 

काठमाडौंमा लिभिङ टुगेदर

सुकदेव काठमाडौंमा बस्थे । २०७७ फागुनमा काठमाडौं आएकी सुजिता दिदिकोमा १० दिन बसेर चितवन फर्केकी थिइन् । त्यसपछि चैतमा फेरि उनी काठमाडौं आइन् । रेष्टुरेण्टमा काम गर्ने सुकदेव र सुजिता काठमाडौंमा फ्ल्याटमा केही समय सँगै बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सँगै बस्न थालेपछि सुजिताले विवाह गर्न दवाव दिइन् । 

‘बिहे गरौं नत्र मरिदिन्छु’ भनेर सुजिताले दवाव दिएपछि सुकदेवले उनलाई फकाएर चितवन पठाएका थिए । चितवन जानुअघि दाजु–बहिनीको बीचमा ‘अपहरण’ मा परेको कथा बनाएर सुटुक्क विवाह गर्ने योजना बनेको थियो । सो योजनाअनुसार सुजिता चितवन गइन् । ०७८ असारमा सुजिता फेरि काठमाडौं आउन खोजेकी थिइन् । सुकेदेवले मानेनन् । 

काठमाडौं आउने र विवाह गर्ने विषयमा झगडा गरेपछि सुकेदेवले सुजितालाई ‘मरे पनि फरक पर्दैन’ भनेर म्यासेज पठाए । झगडापछि घरबाट हिँडेको १० दिनपछि सुजिताको शव असार २० मा फेला परेको थियो ।

सुजिता र सुकदेवको परिवार दोलखाबाट चितवन झरेको थियो । करिब ३ वर्षदेखि उनीहरु गहिरो प्रेममा थिए । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको भि–सेरा परीक्षणका लागि राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको छ ।  

असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएको परिवारले दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप