शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सैनिक हुद्दा गुरुङ हत्या प्रकरण : खाताबाट ९ लाख निकाल्ने सैनिकले गोली हाने !

शुक्रबार, ०८ साउन २०७८, २१ : ३४
शुक्रबार, ०८ साउन २०७८

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङलाई उनकै साथीले गोली हानेर हत्या गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका अर्का सैनिक जवान गंगाधर ढकाललाई चितवन प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । हत्याअघि ढकालले भरत गुरुङको खाताबाट ९ लाख निकालेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्यबहादुर थापाले रातोपाटीलाई बताए ।

‘आरोपीले मृतकको खाताबाट ९ लाख निकालेको देखिन्छ’ डिएसपी थापाले भने–‘आरोपीले एसएमजीले गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ ३६ वर्षीय भरत गुरुङ र ढकाल महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । गुरुङ ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो ।

चितवनको कालिका नगरपालिका–२१ पदमपुर घर भएका ढकाल  र गुरुङ काठमाडौंबाट सँगै चितवन गएको डिएसपी थापाले बताए । ठुलो हतियार (एसएमजी) उनले कसरी कसरी लगे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । दिनभर चितवनमा सँगै घुमेका ढकालले बुधवार साँझ साथिको हत्या गरेर भागेका थिए । प्रहरीले उनलाई चनौलीबाट बिहिबार पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप