हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।  
जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माका अनुसार उनीहरुको साथबाट  ४३ हजार ३१६ रुपैयाँ समेत जफत गरिएको छ ।  

शर्माले जुवा खेलिरहेको अवस्थामा विशेष सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको बताए । उनले भने, ‘जुवा खेल्ने र जुवा खेलेको हेर्नेहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।’  पक्राउ पर्नेमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, बैंकका कर्मचारी, व्यापारी र सर्वसाधारण समेत रहेको बनाइएपनि प्रहरी प्रमुख शर्माले नाम भने उल्लेख गर्न चाहेनन् । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।