सरकारी कार्यदलको पहिलो बैठक- अघिल्लो कामचलाउ सरकारले गरेका नियुक्तिको समीक्षा
शुक्रबार, ०८ साउन २०७८, २० : ५३

सत्तारुढ गठबन्धनका नेताहरूले सरकारका साझा नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल गरेका छन् ।
सरकार सञ्चालनमा सहजीकरण गर्न गठन गरिएको कार्यदलको प्रधानमन्त्री निवासमा आज भएको पहिलो बैठकमा कामचलाउ हैसियतको अघिल्लो सरकारले गरेका नियुक्तिको समीक्षा तथा वर्तमान सरकारका भावी साझा कार्यक्रमबारे छलफल भएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले बताए । उनले भने, “बैठकमा आज सैद्धान्तिक विषयमा मात्रै छलफल भयो ।”
कार्यदल नेपाली कांग्रेसका महामन्त्री खड्काको संयोजकत्वमा तीन दिन पहिले गठन भएको हो । कार्यदलमा कांग्रेस नेता डा मिनेन्द्र रिजाल र रमेश लेखक छन् भने नेकपा (माओवादी केन्द्र) बाट नेताद्वय वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट नेताद्वय राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत