शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच भेटवार्ता
शुक्रबार, ०८ साउन २०७८, २० : ३३
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज साँझ राष्ट्रपति भवनमा समसामयिक विषयमा छलफल भएको छ ।
“सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूबीच समसामयिक विषयमा छलफल भएको हो । सम्माननीयज्यूहरूबीच यो नियमित भेटवार्ता हो”,राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए ।