शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजाजको थ्री इन वान नयाँ शोरुम अब जनकपुरमा

शुक्रबार, ०८ साउन २०७८, १९ : ३९
शुक्रबार, ०८ साउन २०७८

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले जनकपुरमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम ‘ओम अटोमोबाइल्स’ संचालनमा ल्याएको छ ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वासिलो अटो मोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जनकपुरमा पनि शोरुम संचालनमा ल्याएको छ । ओम अटोमोबाइल्सका प्रोपराइटर सन्तोष कुमार साहलाई उक्त डिलरसीप प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डिरेक्टर अभिमन्यु गोल्छाले जनकपुरका ग्राहकहरु निरन्तर वृद्धि भइरहेकाले ग्राहकलाई सम्पूर्ण सुविधा प्रदान गर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप