जोन्सनको खोप लगाएपछि धादिङमा एक वृद्धको मृत्यु, अनुसन्धान गर्न टोली परिचालन
शुक्रबार, ०८ साउन २०७८, १७ : ५७
धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको हो ।
यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।
शाखाका प्रमुख डा. झलक शर्मा गौतमले रातोपाटीसँग भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण