ओलम्पिक उद्घाटनका लागि रंगशालामा पुगे भिभिआइपी

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, अमेरिकाकी फस्र्ट लेडी जिल बाइडेनलगायतका भिभिआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनका लागि टोकियोस्थित ओलम्पिक रंगशाला पुगेका छन् । केही बेरमै टोकियो ओलम्पिकको उद्घाटन सुरु हुँदैछ । सम्राट नारुहितोले १९६४ को टोकियो ओलम्पिकको उद्घाटन पनि रहेको थिए । तर, त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो ।

कोरोना भाइरस महामारीका कारण यसपटक  दर्शक बिना नै ओलम्पिक खेलको उद्घाटन हुनेछ । ओलम्पिकका खेलहरु चलिरहँदा पनि दर्शकलाई रंगशालामा इन्ट्री हुनेछैन । ओलम्पिकसँग सम्बन्धित प्रतिनिधि र कर्मचारीले मात्रै रंगशालामा प्रवेश पाएका छैनन् । ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ । विश्वभरका झन्डै ११ हजार खेलाडीले आफ्नो चुनौती पेश गर्दैछन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।