शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा एकैदिन ८४७ जना कोरोना संक्रमण थपिए

शुक्रबार, ०८ साउन २०७८, १६ : ५७
शुक्रबार, ०८ साउन २०७८

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जना कोरोना संक्रमित थपिएका छन्  । २ हजार १३१ जनाको पीसीआर परीक्षण गर्दा ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षण गर्दा  ३६४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, संखुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा ३८, बिर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हल्दीबारी र गौरादहमा ३–३, कचनकवल र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ । 

यसैगरी  मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २–२, रंगेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १–१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगन्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ४, छथरमा ३, चौबीसेमा २, शहिदभूमीमा १, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र माईमा २–२, रोङ र चुलाचुलीमा १–१, उदयपुरको चौदण्डीगढी र बेलकामा २–२, संखुवासभाको धर्मदेवी र पाचखपनमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप