अवरुद्ध सिस्नेरी–दक्षिणकालिकाको यातायात सञ्चालन

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0

मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने कुलेखानी–सिस्नेरी–दक्षिणकालिका सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुख्खा पहिरो हटाएर आज अपराह्नबाटै यातायात सेवा सञ्चालनमा ल्याइएको छ ।

शुक्रबार बिहान करिब ३५ मिटर पहिरो खसेको हुँदा सडक विभागको प्राविधिक टोलीले पहिरो पन्छाइ आजै अपरान्हबाट यातायात सेवा सञ्चालनमा ल्याएको सिस्नेरी प्रहरी चौकीले जनाएको छ ।

पहिलो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । त्यसैगरी बागमती प्रदेशको राजधानी हेटौंडाबाट सङ्घीय राजधानी जोड्ने कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलागयतका सडकखण्ड सञ्चालन अवस्थामा रहेको प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।