शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राति १५/२० जना मेरो निवास अगाडि आएर तर्साउन खोजेः माधव नेपाल

शुक्रबार, ०८ साउन २०७८, १६ : २६
शुक्रबार, ०८ साउन २०७८

 
एमाले नेता माधव कुमार नेपालले कोटेश्वरस्थित आफ्नो निवास अगाडि राती मोटरसाइकलमा १५÷२० जना आएर तर्साउन खोजेको खुलासा गरेका छन् । उनले आफू त्यस्तो प्रवृत्तिबाट नर्तसिनेपनि बताए । 
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा त्यस्तो खुलासा गरेका हुन् । पार्टीभित्र विवाद चर्किरहेका बेला आफूलाई तर्साउने नियतले त्यसो गरिएको उनको भनाइ थियो । 

उनले बिहीबार भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि बताए । 
नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा पनि दिए । 

उनले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप