बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले खोजे संसदमा केपी ओली

शुक्रबार, ०८ साउन २०७८, २३ : ३५
शुक्रबार, ०८ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको प्रतिनिधि सभामा खोजी गरेका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्रीलाई दलका नेताहरुले बधाई तथा शुभकामना दिएपछि धन्यवाद व्यक्त गर्ने क्रममा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका हुन् ।

उनले यसअघि विश्वासको मत लिने दिनपनि प्रमुख प्रतिपक्ष दलको नेताको खोजी गरेका थिए । सम्बोधनको सुरुवातमै प्रधानमन्त्री देउवाले गुनासो गर्दै भने,‘अहिले विपक्षी दलका नेता नै हुनुहुन्न् । उपनेता तथा पूर्व सभामुखले पनि नयाँ संस्कृतिबारे बोलेपनि मेरो कुरा नसुनी हिँडिदिनुभयो ।’

प्रधानमन्त्री देउवाले पूर्व संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई संविधानको धारा ७६ को उपधारा ५ किन लेख्नुभयो भनेर सोध्नेवाला भएको भन्दै उहाँले ‘अब कहिल्यै पनि बीचमा यो संविधान भत्किने छैन’ भनेर सम्झिरहेको बताए ।

‘उहाँले पार्लियामेन्ट भंग हुनेछैन भनेर बोलेको म झल्झल्ती सम्झन्छु । अर्को कुरा राष्ट्रपति स्वयंले ७६ को ५ अनुसार आउनुस् भनेर आव्हान गरेअनुसार हामी बहुमत सदस्यको हस्ताक्षर लगेका हौ । उहाँले प्रधानमन्त्री नियुक्त गरेर विश्वासको मत प्राप्त गर भन्न सक्नुहुन्थ्यो तर गर्नुभएन’ प्रधानमन्त्री देउवाले यसअघि संविधानसम्मत आफु राष्ट्रपतिकोमा जाँदा बेवास्ता गरिएको बताए । उनले आफुहरुले संविधानको दाय​राबाहिर गएर केही नगरेको भन्दै संविधानसम्मत बनेको आफ्नो सरकारले गरेका बाचाहरू पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनले अहिले खोप सवैभन्दा ठुलो समस्या रहेको भन्दै किनेर भएपनि सवै जनतालाई खोप पुग्ने व्यवस्था मिलाउने बताए । त्यसक्रममा उनले आफुलाई सहयोग र समर्थन गर्ने गठबन्धन र नेताहरुको धन्यवाद व्यक्त गरे ।

प्रतिनिधिसभाको अर्को बैठक साउन १२ गते मंगलबार १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप