जंगलमा बस्ने पनि भ्रष्ट हुँदारहेछन् : माधव नेपाल

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको बताएका छन् । साथै समाजका भ्रष्टहरुले काँग्रेस र कम्युनिस्टलाई नचिन्ने नेता नेपालले बताएका छन् ।
‘सत्ता यस्तो चिज हो, जसले दम्भ पैदा गर्दोरहेछ । सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेछ, बन्दुकले पनि ल्याउँदोरहेछ,’ शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जंगलमा बस्ने वित्तिकै त्यागी हुँदारहेनछन्, त्यहाँ पनि भ्रष्टहरु पैदा हुँदारहेछन् । त्यसैले उनीहरुलाई कारवाही गर्नु पर्दोरहेछ ।’
नेता नेपालले विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाको नाम लिँदै भने, धर्मेन्द्रजीहरुमा अझै पनि उग्रवामपन्थी धङधङी बाँकी छ । निम्न पुँजीवाद, व्यक्तिवाद र भ्रष्टताले कम्युनिस्ष्ट र काँग्रेस चिन्दोरहेनछ ।’
नेता नेपालले अगाडि भने, ‘म पुष्पलालको बाटोमा हिँड्न चाहन्छु । कक्षा ९ मा पढ्दाखेरि प्रगतिशील विचारबाट प्रभावित भएर आएको हो ।’
पहिले आफूलाई बदलेर मात्रै समाजलाई बदल्न सकिने नेता नेपालले बताए । नेता नेपालले भने, ‘गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
सेक्ससँग जोडिएको सात प्रकारको डर जसले धेरैलाई तनावमा पार्छ
-
आंगिक क्याम्पस खोज्दै बागमती विश्वविद्यालय
-
कस्तो रहला तपाईँको चैत महिना ? हेर्नुहोस् मासिक राशिफल
-
समाजवादी मोर्चाको बैठक आज बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
युद्धविराम प्रस्ताव : जेलेन्स्कीलाई पुटिनमाथि ठूलो शंका