जंगलमा बस्ने पनि भ्रष्ट हुँदारहेछन् : माधव नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले संसारभरका दम्भी शासकहरु जनताका अगाडि पतन भएको बताएका छन् । साथै समाजका भ्रष्टहरुले काँग्रेस र कम्युनिस्टलाई नचिन्ने नेता नेपालले बताएका छन् ।
‘सत्ता यस्तो चिज हो, जसले दम्भ पैदा गर्दोरहेछ । सत्ताले मात्रै भ्रष्टीकरण ल्याउँदोरहेछ, बन्दुकले पनि ल्याउँदोरहेछ,’ शुक्रबार राजधानीमा कम्युनिस्ट नेता पुष्पलालको सम्झनामा आयोजित कार्यक्रममा एमाले नेता नेपालले भने, ‘जंगलमा बस्ने वित्तिकै त्यागी हुँदारहेनछन्, त्यहाँ पनि भ्रष्टहरु पैदा हुँदारहेछन् । त्यसैले उनीहरुलाई कारवाही गर्नु पर्दोरहेछ ।’
नेता नेपालले विप्लव माओवादीका नेता धर्मेन्द्र बास्तोलाको नाम लिँदै भने, धर्मेन्द्रजीहरुमा अझै पनि उग्रवामपन्थी धङधङी बाँकी छ । निम्न पुँजीवाद, व्यक्तिवाद र भ्रष्टताले कम्युनिस्ष्ट र काँग्रेस चिन्दोरहेनछ ।’
नेता नेपालले अगाडि भने, ‘म पुष्पलालको बाटोमा हिँड्न चाहन्छु । कक्षा ९ मा पढ्दाखेरि प्रगतिशील विचारबाट प्रभावित भएर आएको हो ।’
पहिले आफूलाई बदलेर मात्रै समाजलाई बदल्न सकिने नेता नेपालले बताए । नेता नेपालले भने, ‘गफाडीको गफलाई जनताले पत्याउँदैनन्, प्रमाणिक कुरालाई मात्रै जनताले पत्याउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण