२४ घण्टामा १६७८ जना निको हुँदा २९७७ संक्रमित थपिए
शुक्रबार, ०८ साउन २०७८, १६ : ०७
१
बितेको २४ घण्टामा देशभर २९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।
यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण