गण्डकीमा नवनियुक्त मन्त्रीले लिए शपथ

गण्डकी प्रदेश सरकारले डेढ महिनापछि पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डेढ महिनापछि शुक्रबार थप ६ जना मन्त्री नियुक्त गर्दै पूर्णता दिएका हुन् । शुक्रबार थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराएकी हुन् ।
काँग्रेसबाट कुमार खड्का भौतिक पूर्वाधार, विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन् । यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।
यस्तै माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू–संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् । माओवादीबाट मधुमाया अधिकारी यसअघि नै मन्त्री बनेकी छिन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।
जसपाबाट हरिशरण आचार्य ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री छन् । यस्तै आफूसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिष्कार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुडिरहेको गाडीबाट हामफाल्दा एक युवकको मृत्यु
-
कराँचीबाट लाहोर आएको विमानको एउटा पाङ्ग्रा नै गायब
-
अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न
-
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)
-
समाजवादी मोर्चाले शनिबार बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने
-
राजस्व उठाउन पोखरा महानगरको बेवास्ता