शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीलाई वैद्यको प्रश्न, ‘त्यही बुद्धिले रेल आउँछ ?’

सदनमा र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ
शुक्रबार, ०८ साउन २०७८, १५ : ३५
शुक्रबार, ०८ साउन २०७८

एमाले अध्यक्ष ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको आरोप क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले लगाएका छन् । ‘मभन्दा बाहेक दुनियाँमा कोही छैन भन्ने देखियो । पानीजहाज, रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली भने इगो र पद प्रतिष्ठामै अड्किएको देखियो । त्यही बुद्धिले आउँछ रेल ?’ वैद्यले प्रश्न गरे । 

नेपालमा संसद्वादी धारलाई अँगाल्ने र क्रान्तिकारी धारलाई अँगाल्ने दुई थरीका कम्युनिस्ट देखिएको उनले बताए । ‘केही साथीहरूले संसद् र सरकारलाई नै अन्तिम लक्ष्य ठान्नु भएको छ । उहाँहरू जनवादी क्रान्ति भइसक्यो भन्नुहुन्छ, त्यस्तो भएको भए त जनजीविकामा देखिनुप¥यो नि । अर्को, मार्क्सवाद र माओवादलाई अँगाल्ने क्रान्तिकारी साथीहरू हुनुहुन्छ । जेसुकै भएपनि देशमा धेरै कम्युनिस्ट पार्टी भएको सुहाएन । संसद्वादी धारका कम्युनिस्टहरू मिल्नुस् र सरकारमा जानुस् । हामी क्रान्तिकारी धारका कम्युनिस्टहरू पनि मिल्छौँ र सडकमा रहन्छौँ,’ उनले भने,‘तर सरकारमा गएर संसद्वादी धारका कम्युनिस्ट हरुले क्रान्तिकारीमाथि दमन नगर्नुस् । हिजो डबल नेकपाले विप्लवमाथि दमन गरेको सुहाएको थिएन । बरु हामी दुईथरीबीच जनजीविकाका विषयमा तालमेल गरौँ । तपाईंहरु संसद् र सरकार उपयोग गर्नुस्, हामी सडक उपयोग गर्छौँ । ’

उनले संसद्वादी कम्युनिस्टहरुलाई फेरि पनि मिल्न सुझाव दिए । ‘संसद्मा जाने साथीहरू एक हुनु भए हुन्छ । डबल नेकपा किन फुट्यो ?’ उनले भने,‘सकिन्छ, सबैलाई क्रान्तिकारी बनाऔँ । सकिन्न भने सरकार र सदनमा भएका कम्युनिस्टहरू र सडकमा भएका कम्युनिस्टहरूबीच तालमेल गरौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप