अब समृद्धि फाइनान्सका ग्राहकले पाउने छन् कर्पोरेट पेको सुविधा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ ।
हाल पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा, कोभिड रिलिफ कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण