जनता खोप माग्ने, सरकार भोट माग्ने विचित्र भयो : चित्रबहादुर केसी
राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले डेढ वर्ष संसद जोगाएको धन्यवाद दिएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले ५ दलको एकताले संविधान र संसदको रक्षा गरेको उल्लेख गरे । उनले सर्वोच्चको फैसलालाई धन्यवाद दिँदै राष्ट्रपतिले गरेको भूमिका अलोकतान्त्रिक रहेको बताए । उनले अहिलेको संविधान जोगिएको भन्दै आगामी दिनमा संशोधन गर्दै अझै राम्रो संविधान बन्ने उल्लेख गरे ।
उनले केपी ओली नेतृत्वको सरकारले बिचित्रको काम गरेको उल्लेख गरे । जनता कोरोना महामारीबाट ज्यान खोप माग्ने तर सरकार भने भोट माग्ने बिचित्रको राजनीति भएको बताए । नेता केसीले चुनाव जित्नका लागि खर्च गर्ने र चुनाव जितेपछि भष्टाचार गर्ने सर्वस्वीकार्य विषय भएको बताउँदै आफूले प्रत्यक्ष रुपमा यस्ता घटनाहरूको साक्षी भएको उल्लेख गरे ।
पुष्पलाल श्रेष्ठको बारेमा बोल्दै धेरैपटक उनीसँग संगत गरेको भन्दै बिचार नमिल्ने कुरामा विवाद समेत गरेको स्मरण गरे । नेता केसीले ५ दललाई संसद जोगाएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप कार्ययोजना बनाएर अघि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन