शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतदातासँग माफी मागिसकेका भीम रावलले ‘सरी’ भन्दै किन लिए राजीनामा फिर्ता ?

शुक्रबार, ०८ साउन २०७८, १५ : ०६
शुक्रबार, ०८ साउन २०७८

साउन ३ गते राजीनामा दिएसँगै अछामस्थित आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिसँग माफीसमेत मागिसकेका एमाले नेता भीम रावलले पुनः सभामुखलाई ‘सरी’ भन्दै शुक्रबार राजीनामा फिर्ता लिए । 

राजीनामा फिर्ताको निर्णयपछि रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा  फिर्ता लिएको बताएका छन् । 

‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिए’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा  फिर्ता लिएको छु।’

रावलले राजीनामा बारेको जानकारी सभामुखलाई  गराइसकेका भएपनि एमालेका दुबै पक्षले  फिर्ता लिन आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए । 

उसो त राजीनामा दिएकै दिन रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी माग्दै  अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको बताएका थिए । ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा उनको क्षमायाचना थियो । 

‘जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु’, रावलले  भनेका थिए, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप