मतदातासँग माफी मागिसकेका भीम रावलले ‘सरी’ भन्दै किन लिए राजीनामा फिर्ता ?
![मतदातासँग माफी मागिसकेका भीम रावलले ‘सरी’ भन्दै किन लिए राजीनामा फिर्ता ?](https://rpcdn.ratopati.com/media/albums/bhim_rawal_8OFuXOBzVL_baWu77vT1r.jpg)
साउन ३ गते राजीनामा दिएसँगै अछामस्थित आफ्नो निर्वाचन क्षेत्रका जनप्रतिनिधिसँग माफीसमेत मागिसकेका एमाले नेता भीम रावलले पुनः सभामुखलाई ‘सरी’ भन्दै शुक्रबार राजीनामा फिर्ता लिए ।
राजीनामा फिर्ताको निर्णयपछि रावलले सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको बताएका छन् ।
‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिए’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।’
स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।
— Dr. Bhim Rawal (@BhimRawal179) July 23, 2021
रावलले राजीनामा बारेको जानकारी सभामुखलाई गराइसकेका भएपनि एमालेका दुबै पक्षले फिर्ता लिन आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।
उसो त राजीनामा दिएकै दिन रावलले आफ्नो निर्वाचन क्षेत्र अछामका जनतासँग माफी माग्दै अनैतिक र दूषित राजनीतिको मतियार नहुन आफूले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको बताएका थिए । ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा उनको क्षमायाचना थियो ।
‘जनता,विशेषतः अछामी मतदाताका सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दूषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु’, रावलले भनेका थिए, ‘अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश
-
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी नियुक्त
-
अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्ति गर्न सिफारिस
-
लुम्बिनीका किसानले डीडीसीबाट १३ करोड भुक्तानी पाउन बाँकी
-
शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छु : मन्त्री श्रेष्ठ
-
भ्रष्टाचारका २५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन हुन्छ : गृहमन्त्री