शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय व्यवस्थाका कारण देश पछाडि पर्‍यो : धर्मेन्द्र बाँस्तोला

शुक्रबार, ०८ साउन २०७८, १४ : ५६
शुक्रबार, ०८ साउन २०७८

विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बाँस्तोलाले संसदीय व्यवस्था भ्रष्ट व्यवस्था रहेको बताएका छन् । शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले दलाल संसदीय व्यवस्थाका कारण देश पछाडि परेको उनले बताए । 

उनले संसदीय व्यवस्था तथा निर्वाचन प्रणालीको कारण नै भष्टाचार बढेको उल्लेख गरे । नेता बास्तोलाले प्रधानमन्त्री हुनका लागि संसदीय चुनाव जित्नुपर्ने, आफ्नो पक्षमा पर्याप्त सांसद हुनुपर्ने र आफ्नै पार्टीभित्रको प्रतिस्पर्धीलाई पाखा लगाउन पैसा खर्च गर्नुपर्ने उल्लेख गरे । 

उनले वर्षभरिको देशमा खर्च हुने बजेटको आधा रकम निर्वाचनका लागि खर्च हुने उल्लेख गरे । निर्वाचन प्रणालीका लागि अरबौं रुपैयाँ खर्च हुने बताउँदै यसले नै भष्टाचार गर्ने प्रणालीलाई मलजल गरेको उल्लेख गरे । 

उनले सबै राजनीतिक दलका नेताहरुसँग आफ्नो दलले छलफल गरेको भन्दै सबैको चिन्ता देश नबनेकोमा रहेको उल्लेख गरे । तर किन देश अघि बढ्ने भन्नेमा सबै घोत्लिन नसकेको बताए ।  उनले नेपालका संसदीय व्यवस्थाका कारण देश अघि बढ्न नसकेको बताए । उनले नेपाली जनताको हातमा राज्य प्रणाली नगरेको बताउदै दलाल पुँजीपतिको हातमा राज्यसत्ता पुगेको उल्लेख गरे । 

नेपालको अहिलेको राजनीतिक व्यवस्था नै भष्टाचार गर्ने रहेको बताउँदै यसलाई तोड्न आवश्यक रहेको बताए । उनले ३ पटक सांसद र मन्त्रीको आश्वासन पाएको बतैन साउँदै यो तरिकाले देश बन्दैन भन्दै आफूले अस्वीकार गरेको बताए ।  उनले सबै राजनीतिक दलका नेताहरुलाई दलाल संसदीय व्यवस्थाको अन्त गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि अघि बढ्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप