बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलापछि जनताको जित भयो : नेता गजुरेल

शुक्रबार, ०८ साउन २०७८, १४ : ५१
शुक्रबार, ०८ साउन २०७८

 माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा परमादेशबाट नभई संसदबाट निर्वाचित भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै प्रतिपक्ष दलका नेताहरुले लगाएको आरोपको प्रतिपादन गर्दै निवर्तमान सरकारले संविधान कुल्चेकाले दलहरूको प्रयासमा अदालतले संविधानको व्याख्या मात्रै गरेको बताए । उनले अदालतले संविधानको व्याख्या नगरे कसले गर्ने भन्दै दुई–दुई पटक अदालत जानुपर्ने स्थिति कसले क्रियट गर्यो ? भनेर प्रश्न गरे । 

‘के यो दलीय अनुशासन हो ? पार्टी र दललाई वेवास्ता गर्ने । प्रम भएर लिखित सम्झौतालाई वेवास्ता गर्ने अनि ठुलठुला कुरा गरेर हुन्छ ?’ गजुरेलले नेपाली जनता लाटा नभएको भन्दै सर्वोच्चको फैसलापछि जनताको जित भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप