प्रकाशमान सिंहको प्रश्न : संविधानमा ७६(५) राख्ने अनि संस्कारको कुरा गर्ने ?
नेपाली काँग्रेसका सांसद तथा नेता प्रकाशमान सिंहले संविधानको धारा ७६(५) को अपव्याख्या नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सुझाव दिएका छन् ।
शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले निवर्तमान केपी ओली नेतृत्वको सरकारको गैरजिम्मेवारीपूर्ण काम गरेकाले लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न काँग्रेस सरकारमा जान बाध्य भएको बताए ।
‘कुन चाहिँ प्रधानमन्त्रीले भनेको हो मैलै बिर्सेँ, निवर्तमान प्रधानमन्त्रीले नै जस्तो लाग्छ । उहाँले शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । झण्डै दुई तिहाइको केपी अ‍ोली नेतृत्वको सरकारले के गर्यो ? आफ्नै पार्टी व्यवस्थित गर्न गर्न सकेन, जनताको वाचा पुरा गर्न सकेन, विधि मिचेर बहुमत छ भनेर हुंकार गरेपनि सरकार चल्न सकेन र आफैले छोडेकाले हाम्रो दलको नेता प्रधानमन्त्री हुनुभएको छ’, सिंहको भनाइ छ ।
नेता सिंहले संविधान जारी गर्दा अहिलेकै दलहरूको सहमतिमा संविधानमा ७६ को ५ राखिएको भन्दै अहिले त्यही धारा अनुसार सरकार बन्दा परमादेशबाट सरकार बनाएको भनेर भइरहेको आलोचना संविधानको अपव्याख्या हुने बताए । ‘संविधानमा ७६(५) राख्ने अनि अहिले आएर संस्कार र कल्चरको कुरा गर्न मिल्छ ? पुस ५ गते संसद विघटन भयो, दोस्रो पटक जेठ ८ मा पनि भयो’, सिंहले भने, ‘आफू सत्तामा बस्दा कार्यपालिकाले अपनाउनुपर्ने विधि नअपनाउने ? तर अहिले जनादेश होइन परमादेशबाट प्रधानमन्त्री भनेर कराउने ?’
उनले आफू सत्तामा हुँदा एउटा कुरा र विपक्षमा बसेपछि अर्को कुरा गरेर मूल्यमान्यताको कुरा गर्न कति सुहाउँछ ? भन्दै प्रश्न गरे । सिंहले सरकारलाई कोरोना नियन्त्रण, भ्रष्टाचार नियन्त्रण र जनतालाई सुशासन दिने कुरामा विशेष ख्याल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण