बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा कोरोनाका कारण ३ सय बढीको मृत्यु

शुक्रबार, ०८ साउन २०७८, १४ : ४२
शुक्रबार, ०८ साउन २०७८

जिल्लामा कोरोना सङ्क्रमणका कारण ३१८ को मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार बिहीबारसम्म कोरोनाका कारण सो सङ्ख्यामा मृत्यु भएको हो । कार्यालयले मृत्यु हुनेमा भरतपुर महानगरपालिकाका धेरै रहेका जनाएको छ । महानगरपालिकाभित्र २०२ व्यक्तिको मृत्यु भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार खैरहनी नगरपालिकाका २१, माडी नगरपालिकाका ११, रत्ननगर नगरपालिकाका ३२, राप्ती नगरपालिकाका २९ र कालिका नगरपालिकाका २० व्यक्ति छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा कोरोना सङ्क्रमणले तीन व्यक्तिको मृत्यु भएको छ ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा र होम आइसोलेसनमा रहेको समयमा उनीहरुको मृत्यु भएको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । ढकालका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार नजिक पुगेको छ । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ८७७ पुगेको उनले जानकारी दिए । त्यसमध्ये १६ हजार ८४५ ले सङ्क्रमणमुक्त भइसकेका छन् ।
 अहिले एक हजार ७१४ जना सक्रिय सङ्क्रमित रहेको उनले बताए । त्यसमध्ये सार्वजनिक आइसोलेसनमा १०, अस्पतालमा ११२ र होम आइसोलेसनमा एक हजार ५९२ व्यक्ति रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप