बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

साउन १७ गतेदेखि अन्तरप्रदेश ‘पोखरा–नेपालगञ्ज’ सिधा उडान

शुक्रबार, ०८ साउन २०७८, १४ : ३१
शुक्रबार, ०८ साउन २०७८

आगामी साउन १७ गतेदेखि अन्तरप्रदेश पोखरा-नेपालगञ्ज सिधा उडान हुने भएको छ । हालसम्म संघीय राजधानी काठमाडौंबाट मात्र प्रदेश स्तरीय उडान भइरहेको अवस्थामा पहिलो पटक बुद्ध एयरले अन्तर प्रदेश हवाई उडान सेवा सुरु गर्न लागेको हो । 

पहिलो पटक अन्तर प्रदेश पोखरा-नेपालगञ्ज उडान भर्न लागेको कम्पनीले प्रारम्भिक चरणमा साताको ३ दिन अर्थात आइतबार, बुधबार र शुक्रवार सो स्थानमा नियमित उडान भर्ने जनाएको छ । 

साथै, केही समयपछि यात्रुको माग र चापका आधारमा दैनिकी उडान भर्ने योजना समेत कम्पनीले बनाएको बुद्ध एयरले जनाएको छ । पछिल्लो समय बुध्द एयरले काठमाडौं केन्द्रित उडानलाई क्रमशः प्रदेशहरुबाट पनि विस्तार गरिरहेको छ ।

यस उडानबाट दुबै शहरका जनता लाभान्वित हुनुका साथै दुबै स्थानको पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । यसले नेपालगञ्जबाट केही घण्टाको दुरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज तथा कर्णाली चिसापानीतिर पनि पर्यटकीय मुभमेन्ट हुने र नेपालगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छ बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । 

यसले उडानबाट नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरु लखनउ, कानपुर आदि गन्तव्यका पर्यटकहरु समेत आकर्षित हुनेमा कम्पनी विश्वस्त रहेको जोशीले बताए । 

पोखरा गण्डकी प्रदेशको केन्द्रिय राजधानी हो भने नेपालगञ्ज लुम्बिनी प्रदेशको मुख्य शहर हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप