शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

देउवालाई बधाई दिँदै नेम्वाङले भने– सिंहदरबारको ढोकामा चेप्टिएको हिजो अस्ति जस्तै लाग्छ !

ताजा जनादेशमा जानेकुरा निरङ्कुश भन्नुहुँदैन
शुक्रबार, ०८ साउन २०७८, १४ : १३
शुक्रबार, ०८ साउन २०७८

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विगतमा जस्तो सांसदहरू सिंहदरबारको ढोकामा चेपिनुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेता नेम्वाङले विगतमा सांसदहरूले नै सिंहदरबारबाट भद्रकाली जाँदा सिंहदरबारको ढोकामा प्रहरीबाट लाठी खानुपरेको घटनाहरू स्मरण गरेका हुन् ।

‘म थुप्रै घटनाक्रम सम्झन्छु–रोचक घटनाक्रमहरू घटित भएका छन् । त्यस्ता घटना फेरि दोहोरिँदैनन् भन्ने सम्झेको मात्रै हो । तत्कालीन पार्टीका तर्फबाट सिंहदरबारबाट भद्रकाली आउँदा दौरा सुरुवाल र कोट टोपी लगाएपछि प्रहरीले पनि चिन्छन् भन्ने थियो तर सिंहदरबारको ढोकामा चेप्टिएको हिजो अस्ति जस्तै लाग्छ कसको पालामा हो थाहा भएन’, नेम्वाङको सङ्केत थियो ।  

उनले नयाँ सरकार बनेपछि स्वाभाविक रूपमा आफूहरू प्रतिपक्षमा पुगेको भन्दै आफूहरू जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न तयार रहेको बताए ।

उनले सर्वोच्चको पछिल्लो फैसलाले संविधानको अक्षर भावना, बहुलवादमा आधारित लोकतन्त्र, शक्ति पृथकीकरणलगायतका विषयमा कमजोर तुल्याएको बताए । ‘सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा निहित हुन्छ यो लोकतन्त्रको विशेषता हो’, नेम्वाङले भने, निर्वाचनमार्फत जनताका प्रतिनिधिहरू चयन हुन्छन्,त्यसले मुलुकको शासन व्यवस्था सञ्चालन गर्छ तर ताजा जनादेशमा जानेकुरा निरङ्कुश भन्नुहुँदैन । प्रश्न उठे पनि छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ । सबै अङ्गबीच नियन्त्रण र सन्तुलन हुनुपर्छ । तर अहिले राज्यका तीन अंगका बीचमा सन्तुलन खलबलिन पुगेको छ भन्ने हाम्रो बुझाई छ’, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै नेम्वाङले एउटा दलबाट निर्वाचित भएर आएका सांसदहरू सभामुखको दाहिने र देब्रेतर्फ बस्ने अवस्था आउनु राम्रो नहुने भन्दै सभामुखमार्फत संसद्को ध्यानाकर्षण गराए ।

उनले आफ्नो पार्टीले सरकारले गरेका ठिक कुरामा सहयोग गर्ने तर गलत कुराको निगरानी पनि गर्ने बताए । ‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौ । सरकार कहिले के गर्दैछ भन्ने हेर्छौ’, नेम्वाङको भनाइ छ । उनले विगतमा राष्ट्रिय राजनीतिका बारेमा अमुक नेताहरूसँग छलफल गर्नुपरेको भन्दै पुन त्यस्तो अवस्था आउन नपरोस् भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप