‘पर्खी बसेँ २’मा पल र मालिकाको जोडी !

person explore access_timeसाउन ८, २०७८ chat_bubble_outline0


पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएको जोडी मध्यमा पर्दछन् पल शाह र मालिका महत । ‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलको गीतमा दर्शकले दुवैको जोडी निकै रुचाएका छन् ।

भिडियोमा रुचाइएको यो पल र मालिकाको जोडी फिल्ममा पनि देखिने भएका छन् । गोपीकृष्ण मुभिजले बनाउन लागेको फिल्म ‘पर्खी बसेँ २’मा दुवैको अभिनय रहनेछ । गोपीकृष्णले केही दिनमै दुवैसँग फिल्मको बिषयमा सम्झौता गर्ने जनाएको छ ।
पल र मलिकाले भने फिल्मको विषयमा अहिलेसम्म मुख खोलेका छैनन् ।

‘पर्खी बसेँ २’ गोपीकृष्ण मुभिज र हिमालय फिल्मस्को ब्यानरमा बन्न लागेको हो । केही अगाडि घोषणा भएको फिल्म ‘पर्खी बसेँ’को सिक्वेलको रुपमा बन्न लागेको हो । फिल्म सौरभ चौधरीले निर्देशन गर्दैछन् ।

‘पर्खी बसेँ’ २०६५ मा निर्माण भएको हिट फिल्म हो । निखिल उप्रेती, राज बल्लभ कोइराला र युना उप्रेतीको मुख्य भुमिका रहेको फिल्म प्रेमकथामा बनेको थियो । फिल्ममा दीपक श्रेष्ठको निर्देशन रहेको थियो ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।