सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

कोभिडविरुद्धको प्रमाणपत्र लिन शुक्रराज अस्पतालमा भीड

शुक्रबार, ०८ साउन २०७८, १२ : ५८
शुक्रबार, ०८ साउन २०७८

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेहरुको भीड लागेको छ ।  विदेश जाने युवाहरुलाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने भएपछि युवाहरु खोप लगाएको प्रमाणपत्र लिन टेकुमा युवाहरुको भीड लागेको हो । सयौँको संख्यामा मानिसहरुको भीड बढेपछि टेकु अस्पतालमा अस्तव्यस्तता देखिनुका साथै कोभिड–१९ संक्रमणको जोखिम पनि बढेको छ ।

 देशका विभिन्न जिल्लाबाट विदेश जानका लागि आएका युवाहरु तीन दिन अघिदेखि लाइन बस्दा पनि प्रमाणपत्र लिने पालो नआएको गुनासो गर्छन् ।

विदेश जानका लागि खोपको आवश्यकता पर्ने  र बल्लतल्ल खोप पाएको भएपनि प्रमाणपत्र लिन गाह्रो परेको उनीहरुको भनाई छ । खोपको लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेन्टीनमा बस्नु नपर्ने जनाइएको छ । तीन दिनदेखि लाइन बस्दा पनि प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनुपर्ने सेवाग्राहीको भनाइ छ ।

कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिन देखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भईसकेको युवाहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप