अब खोप कार्ड प्रमाणीकरण यी चार अस्पतालमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप कार्ड प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो । दुई दिन यता शुक्रराज अस्पतालमा प्रमाणीकरण गर्ने भिड थामिनसक्नु भएपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरणका लागि ठाउँ विस्तार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप कार्डमा उल्लेखित विवरण अङ्ग्रेजीमा नभर्ने हुँदा र आधिकारिक छाप नहुँदा खोप कार्ड प्रमाणीकरण गर्न लाइन बस्नेको सङ्ख्या बढ्दै गएको हो । त्यसैले विदेश जानेहरू अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा पुगेको सङ्ख्या बढेको हो । खोप नलगाई विदेश गएमा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्ने भएकाले खोप लगाएर जान चाहने धेरै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या