कमल थापा भेट्न बूढानीलकण्ठ पुगे विप्लव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच शुक्रबार भेटवार्ता भएको छ ।
थापालाई भेट्न विप्लव शुक्रबार बिहान थापा निवास बूढानीलकण्ठ पुगेका छन् ।
भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको भेटमा सहभागी नेता बुद्धिमान तामाङले रातोपाटीलाई जानकारी दिए ।
बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताएका छन् । उनले ट्वीटरमार्फत भनेका छन्, ‘ नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच आज सौहार्दपूर्ण भेटघाट भयो। दुवै पक्षका बिच समसामयिक विषयमा विचार विमर्श भयो।’
उनले विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको पनि बताएका छन् ।
विप्लव थापालाई भेट्न प्रवक्ता खड्गबहादुर विश्वकर्मासहित बूढानीलकण्ठ पुगेका थिए भने राप्रपाको तर्फबाट बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान पनि सहभागी भएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण