मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

सुक्खा पहिरो जाँदा यातायात सेवा अवरुद्ध

शुक्रबार, ०८ साउन २०७८, ११ : ३७
शुक्रबार, ०८ साउन २०७८

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरेकाले त्यसलाई पन्छाउन  सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपरान्हसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ ।

पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप