बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा भरत गुरुङको हत्या आरोपमा सैनिक पक्राउ

शुक्रबार, ०८ साउन २०७८, ११ : १७
शुक्रबार, ०८ साउन २०७८

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमल डाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा चितवन प्रहरीले नेपाली सेनामा कार्यरत गंगाधर ढकाललाई पक्राउ गरेको छ ।

नेपाली सेनामा कार्यरत एकजनालाई पक्राउ गरिएको चितवनका एसपी ओम अधिकारीले रातोपाटीलाई बताए । चितवन प्रहरीले आरोपीको नाम सार्वजनिक गरिसकेको छैन् । ‘केहीबेरमा आरोपीलाई सार्वजनिक गर्छौ’ एसपी अधिकारीले रातोपाटीसँग भने ।

चितवनको टाँडीबाट पक्राउ परेका ढकालको साथबाट प्रहरीले भरत गुरुङलाई गोली हान्न प्रयोग भएको एक थान पेस्तोल र एउटा एसएमजी बरामद गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका घर भएका भरत गुरुङको शव बिहिबार विहान सिमलडाँडा खेत नहरमा फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो । शव पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।

३६ वर्षीय भरत गुरुङ नेपाली सेनाका हुद्धा हुन् । महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखा दरबन्दी भएका भरत ६ दिनको बिदा लिएर चितवन पुगेको थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप