महामारीबीच जापानमा ओलम्पिक उद्घाटन हुँदै,यी नेपाली खेलाडीले गर्दैछन् प्रतिस्पर्धा
खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिकको उद्घाटन आज हुँदैछ । महामारीको समय भएकाले ओलम्पिकको रौनक विगतमा जस्तो छैन । गत वर्ष स्थगित गरिएको ओलम्पिक खेल फेरि यसपटक सुरु गरिएको हो ।
अहिलेसम्म ओलम्पिक खेलसँग जोडिएका ८० भन्दा धेरै मानिसमा कोरोना देखिइसकेको छ ।
खेलाडी, पदाधिकारी, आयोजक समितिका सदस्य, कर्मचारी, स्वयंसेवक लगायतमा कोरोना देखिइसकेको छ । ओलम्पिक आयोजना स्थल टोकियोमा अहिले संकटकाल घोषणा गरिएको छ र घरेलु दर्शकले ओलम्पिक हेर्नका लागि रंगशालामा प्रवेश पाउनेछैनन् । अर्थात्, दर्शक बिना नै ओलम्पिक आयोजना हुँदैछ ।
नेपाली समयअनुसार साँझ ४ बजेर ४५ मिनेट जाँदा ओलम्पिकको उद्घाटन समारोह सुरु हुनेछ । ओलम्पिकमा ३३ खेलका फरक ३ सय ३९ इभेन्ट्समा प्रतिस्पर्धा हुँदैछ । यी इभेन्ट्समा झन्डै ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
यी नेपाली खेलाडीले गर्दैछन् प्रतिस्पर्धा
ओलम्पिकमा जुडोमा सोनिया भट्ट, सुटिङमा कल्पना परियार, पौडीमा एलेक्स शाह र गौरिका सिंह तथा एथलेटिक्समा सरस्वती चौधरीले नेपालको चुनौती पेश गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी ‘होमवर्क’मै छौँ, अहिल्यै सरकारमा जादैनौँ : राजेन्द्र सिंह रावल
-
प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो– ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’
-
दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश
-
सुप्रिम सहकारी ठगी प्रकरणमा ओमप्रकाश गुरुङलाई थुना पठाउने आदेश
-
राम्रो काम गरे पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्री : महासचिव पोखरेल
-
बिरामी बिदा लिने बढेपछि नियम कडा बनाउँदै बेलायती प्रधानमन्त्री