शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

शुक्रबार, ०८ साउन २०७८, १० : १३
शुक्रबार, ०८ साउन २०७८

सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । 

यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । अरबाजले यस्तै एक ट्रोल कमेन्टबारे प्रश्न राखे । जहाँ लेखिएको थियो,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’

सलमानले यस अफवाहलाई खारेज गर्दै भने,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर पनि शोमा उनलाई सोधिएको थियो । उनले कैटरिनाको नाम लिए । उनले सामाजिक सञ्जालमा कैटरिनाले निकै समझदारीपूर्वक पोस्ट गर्ने गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप