शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जम्मु - काश्मिरमा भारतीय प्रहरीले खसाल्यो उडिरहेको ड्रोन

शुक्रबार, ०८ साउन २०७८, १० : ००
शुक्रबार, ०८ साउन २०७८

जम्मु काश्मिरको कनाचक इलाकामा भारतीय पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको भारतीय सञ्चारमाध्यमको दाबी छ । 

समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । 

त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ ।

उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् । बिहीबारदेखि यो मुठभेड चलिरहेको छ ।  सुरक्षाकर्मीले विद्रोहीको हातबाट केही हतियार बरामद गरेका छन् । 

२७ जुनमा भारतीय वायुसेना स्टेशनमा विद्रोहीहरुले ड्रोन मार्फत विस्फोटक हमला गरेका थिए । यस हमलामा दुई व्यक्ती घाइते भएका थिए । त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रोनबाट उत्पन्न खतरालाई लिएर एक उच्च स्तरीय बैठक पनि बोलाएका थिए । सुरक्षा एजेन्सीहरूले यस ड्रोनको षडयन्त्रमा लश्कर ए तैयबा संगठनको संलग्नता रहेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप