कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी
सरकारले कोरोना संक्रमणको तेस्रो लहर फैलिने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा हेलचेक्र्याइँ नगर्न आग्रहसमेत गरेको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्य मापदण्ड कार्यान्वयनमा आउन नसकिरहेको अवस्थामा मन्त्रालयले सो आग्रह गरेको हो । अहिले पनि नागरिकहरू भौतिक दूरी कायम नै नगरी आवतजावत गरिरहेका छन् । यस्तै, सभा सम्मेलनसमेत सुरु हुन थालेका छन् ।
विगत एक सातायता संक्रमित हुने दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित धेरै जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै गएको छ ।
काठमाडौंसहित ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, झापा, चितवन, कास्की, रूपन्देही र कैलाली जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्या ५ सयभन्दा बढी पुगेको छ । यस्तै, २ सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाको संख्या २६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३ सय ७५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भन्दै अस्पतालका शøया र अक्सिजन चुस्त दुरुस्त राख्न आग्रह गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय
-
नेपाली साहित्यमा बौद्ध दर्शनबारे अध्ययन गरिने