शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुर्खेत प्रशासनको निर्णय : पुस्तकालय सञ्चालन गर्न नपाइने, परीक्षा सञ्चालन गर्न पाइने

बिहीबार, ०७ साउन २०७८, २२ : ४७
बिहीबार, ०७ साउन २०७८

गत असार २२ गते सुर्खेत क्याम्पस (शिक्षा) का प्राध्यापकहरूले एउटा विज्ञप्ति निकाले । उनीहरुले सोही विज्ञप्ती मार्फत कोभिड–१९ विरुद्धको खोप अभियानबाट प्राध्यापक तथा कर्मचारी वञ्चित भएकाले जमघट सहितको परीक्षा सञ्चालनमा सम्मिलित (सहभागी) नहुने स्पष्ट पारे ।  उनीहरुको माग थियो, ‘सुर्खेतका संक्रमण दरमा केही रुपमा कमी आएपनि जोखिन उच्च छ । सयौँको संख्यामा परीक्षार्थीको उपस्थित बीच परीक्षामा सहभागी कसरी हुने ? हामीलाई खोप खै ? परीक्षा सुरु हुनुभन्दा दुई हप्ता पहिला नै हामीलाई कोरोना विरुद्धको खोप चाहियो, है भने हामी परीक्षामा सहभागी हुँदैनौँ । 

क्याम्पसले स्नातक तह दोस्रो बर्षको स्थगित परीक्षा सञ्चालन गर्नुपर्ने थियो । यता मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीहरुले दिनदिनै आन्दोलन गरिरहेका छैन । गत आइतबारदेखि आन्दोलनमा होमिएका संयुक्त विद्यार्थीहरुले उपकुलपतिको पुत्ला जलाएका छन् भने बिहीबार सबै संकायका क्याम्पसहरुमा ताला ठोकिदिएका छन् । 

विद्यार्थीको माग छ, ‘विश्वविद्यालयले परीक्षार्थीको नजरअन्दाज गर्दै पीसिआर र डबल खोप बिनै लिँदै गरेको परिक्षा विश्वविद्यालय कार्यकारी परिषदबाट पास गरिएको विश्वविद्यालय वैकल्पिक परीक्षा कार्यविधि २०७७ अनुसार परीक्षा सञ्चालन गरियोस ।’ 

विद्यालय र प्राध्यापकहरूले नै यस्तो भनिरहेको समयमा जिल्ला प्रशासन कार्यालयले परीक्षा सञ्चालन गर्न पाइने बताएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयले थप साउन १५ गतेसम्म निषेधाज्ञा थप गर्दै परीक्षा सञ्चालन गर्न पाइने बताएको छ । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सबै तहका परिक्षा सञ्चालन गर्ने सम्बन्धमा कोभिड–१९ को स्वास्थ्य मापदण्ड सम्बन्धी मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने बताए ।  जनस्वास्थ्यविद्हरुले भने कोरोना महामारीको जोखिम कायमै रहेकामा बेला भीडभाडमा नजान भनिरहेका छन् । तर, परीक्षा सञ्चालन गर्दा कोरोनाको जोखिम अझ बढ्न सक्ने देखिन्छ ।

जिल्ला प्रशासनले पुस्तकालय सञ्चालन गर्न नपाइने भनेको छ । तर, परीक्षा भने सञ्चालन गर्न सकिने भनेको छ । यो कदापी राम्रो होइन् । यसले झन जोखिम बढाउने देखिन्छ’ विश्वविद्यालयका एक अधिकारीले भने । सामान्यतः सैलुन व्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नदिने तर,पुस्तक पसल र परिक्षा सञ्चालन गर्न दिने निर्णय स्वभनिय देखिएन ।

वीरेन्द्रनगर प्रदेश राजधानी भएकाले पनि यहाँ दैनिक जसो सयौँ मान्छेको आवत–जावत भइरहेको हुन्छ । प्रशासनले २५ जनाभन्दा बढी व्यक्तिहरु सामेल भएर  कार्यक्रमहरु सञ्चालन नपाइने भनिरहेको छ । तर, सरकारी तवरबाट नै यस्ता गतिविधिहरु वीरेन्द्रनगरका ठुला होटेलहरुमा दैनिक जसो भइरहन्छन् ।  

बजारमा आवत–जावत गर्नेहरुले  प्रशासन र जनस्वास्थ्यविद्हरुले भने अनुसार कुनै स्वास्थ्यका मापदण्ड अपनाइएको देखिदैन ।  केही समय अघिसम्म कोरोनाका बिरामी ह्वात्तै घटेको प्रदेश अस्पतालमा पुन जटिल खालका कोरोनाका बिरामीहरु भर्ना हुन थालेको  अस्पताल स्रोतले बताएको छ । 

राजनीतिक दलहरुले विभिन्न ठाउँहरुमा भेला गराएर कार्यक्रमहरु गर्ने गरिरहेका छन् । जसका कारण पुन कोरोना संक्रमण दर बढ्न सक्ने स्वास्थ्यका अधिकारीहरुले बताउने गरेका छन् ।   सुर्खेतमा हालसम्म १० हजार ९९३ जना कोरोना संक्रमणबाट प्रभावित बनेका छन् भने २०३ जनाले ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप