बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मध्यपहाडी राजमार्ग र कालिगण्डकी करिडोर अवरुद्ध

बिहीबार, ०७ साउन २०७८, २२ : ३५
बिहीबार, ०७ साउन २०७८

निरन्तरको वर्षातका कारण बागलुङ जिल्लाका दुई राष्ट्रिय गौरवको आयोजनाका सडक अवरुद्ध भएको छ । मध्यपहाडी राजमार्गको बागलुङ नगरपालिका–३ बोक्से र कालिगण्डकी करिडोरको बागलुङ नगरपालिका–१३ गलुवामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जनाएको छ ।

आज बिहानैदेखि दुईवटै सडक अवरुद्ध भएको हो । कालिगण्डकी करिडोर १८ दिन अवरुद्ध भएपछि तीन दिनअघि मात्रै सञ्चालनमा आएको थियो । वर्षासँगै आएको लेदोले मध्यपहाडीको बोक्सेमा सडक अवरुद्ध हुँदा सिगाना जाने वैकल्पिक सडक प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाइएको छ ।

लोकमार्ग एकतर्फी खुलाउने प्रयास भइरहेपनि सडकमा लेदो खस्ने काम रोकिएको छैन । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्ज्वल शर्माले अवरुद्ध सडक खुलाउन बिहानैदेखि औजार खटाइएको जानकारी दिए। उनले तत्कालै एकतर्फी सडक खुलाउने गरी काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप