गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।
बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो ।
मन्त्री बन्ने तीन जनाको नाम सिफरिस गरिएको माओवादीका सांसद दिपक कोइरालाले जानकारी दिए । सांसद कोइरालाकाअनुसार अर्थ रामजी बराल, वन तथा वातावरण मन्त्रालय दीपक चर्तीमगर र कृषि मन्त्रालय चन्द्रबहादुर बुढाले सम्हाल्नेछन् ।
उनीहरूको शपथ शुक्रबार दिउँसो १ बजेका लागि तय भएको छ । माओवादी केन्द्रबाट यसअघि नै मधुमाया अधिकारी गुरुङ स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारीमा गइसकेकी छन् । काँग्रेस र माओवादीले अर्थ र भौतिक तथा योजना मन्त्रालय आ–आफ्नो पार्टीले पाउनुपर्ने दावी गर्दै आएका थिए । काँग्रेसले मुख्यमन्त्री पाइसकेकाले माओवादीले आफूलाई भौतिक मन्त्रालय पाउनुपर्ने दावी गर्दै आएको थियो । काँग्रेसले माओवादीलाई अर्थ मन्त्रालय दिएर भौतिक तथा योजना मन्त्रालय आफनो भागमा राख्न चाहेका कारण लामो समयदेखि मन्त्रिमण्डल गठनमा ढिलाई भएको थियो ।
माओवादीले मन्त्रीको टुङ्गो लगाएपछि अब काँग्रेसबाट मन्त्री बन्नेको टुंगो पनि आजै लाग्ने सम्भावना छ । गत जेठ २९ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका थिए । लामो समयसम्म दलहरुबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुट्न नसक्दा डेढ महिनापछि मात्र मन्त्रीको टुंगो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
-
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हब बनाउन मुख्यमन्त्रीको प्रस्ताव
-
‘ग्रे–लिस्ट’ मा परेसँगै लगानी आउँदैन, अब मध्यावधिमा गएर देशलाई निकास दिनुपर्छ’
-
‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’
-
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, छ जना घाइते