कसैलाई पराजित गर्न होइन पार्टीलाई जिताउन उम्मेदवारी दिँदैछु : निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफूले पार्टीलाई सुदृढ, एकताबद्ध र अनुशासित रुपमा अगाडि बढाउन चाहेको बताएका छन् । निधिले पार्टीलाई एकता र अनुशासित रुपमा अघि बढाउन पनि नेतृत्व आफ्नो हातमा लिन चाहेको बताए ।
बिहीबार महोत्तरीमा महेश्वरसिंह स्मृति भवनको उद्घाटन गर्दै उपसभापति निधिले भने– ‘म कसैलाई पराजित गर्न होइन, काँग्रेसलाई जिताउन सभापतिमा उम्मेदवारी दिँदैछु ।’ पार्टीमा थप उर्जा प्रदान गर्नका लागि आफुले उम्मेदवारी दिन लागेको बताउँदै उनले सम्पूर्ण नेता कार्यकर्तालाई साथ र सहयोग दिन अपिल गरे ।
काँग्रेस परिवर्तन, प्रणाली र संविधानको पक्षधर पार्टी भएको बताउँदै निधिले पार्टीको लाइनलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले काँग्रेसकै नेतृत्वमा संविधानको शतप्रतिशत कार्यान्वयन हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे ।
निधिले काँग्रेस नेतृत्वको सरकारले नै निर्वाचन गराउने दाबी गरे । अबको डेढ वर्षपछि काँग्रेसकै नेतृत्वमा निर्वाचन हुने बताउँदै उनले भने, ‘निर्वाचन गराउने जिम्मेवारी पनि काँग्रेसकै काँधमा आएको छ, यस अवधिमा जनता माझ अहोरात्र खट्न म नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्छु ।’ अबका दिनमा जनतासँग सक्रियतापूर्वक हातेमालो गर्न उनले स्थानीय नेता र कार्यकताहरुलाई निर्देशन समेत दिए ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सम्बोधन गरेका थिए । उद्घाटन कार्यक्रममा उपसभापति निधिलाई भव्य स्वागत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश