बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नहरमा बेपत्ता युवकको शव २४ घण्टापछि निकालियो

बिहीबार, ०७ साउन २०७८, २० : ३१
बिहीबार, ०७ साउन २०७८

दाङको घोराही गयरसोतामा सिँचाइका लागि बनाइएको कृत्रिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव २४ घण्टापछि निकालिएको छ। 

जलाशयमा पौडी खेल्ने क्रममा हिजो बुधवार बिहानदेखि बेपत्ता भएका ३१ वर्षीय लालबहादुर विष्टको शव आज बिहीवार दिउँसो साढे १ बजे सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । 

स्थानीयवासी र प्रहरीले शव निकाल्न नसकेपछि बाँकेको नेपालगञ्जबाट आएको गोताखोरको टोलीले युवकको शव निकालेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप