शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश र सुनिता भए विपद् जोखिम न्यूनीकरण सद्भावना दूत

बिहीबार, ०७ साउन २०७८, २० : ०२
बिहीबार, ०७ साउन २०७८

गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत नियुक्त भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा एक कार्यक्रमका बीच  उनीहरुलाई सद्भावना दूत नियुक्त गरिएको घोषणा गरेको हो ।

बाग्लुङका सपुत र सिन्धुपाल्चोककी दुलाललाई एक वर्षका लागि सद्भावना दूतमा नियुक्त भएका हुन् । विपद् जोखिम न्यूनिकरणका लागि कलाकारको विशेष भूमिका निर्वाह गर्न सक्ने भन्दै उनीहरुलाई सद्भावना दूत नियुक्त गरेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रममा दुवै कलाकारले प्राधिकरणसँग जोडिन पाएकोमा खुसी व्यक्त गरे । उनीहरुले आफुले निर्वाह गर्ने भूमिकामा कुनै कसुर बाँकी नराख्ने बताए । सरकारी निकायसँग आफुहरुको यो नै पहिलो सहकार्य भएको बताएका उनीहरुले सबै सरकारी निकायले कलाकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

अहिले नेपालीले भोगिरहेको जोखिमलाई १० वर्षमा कम भन्दा कम गर्न प्राधिकरण लागिपरेको र त्यस कार्यका लागि कलाकारलाई समेत आवद्ध गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप