बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस

बिहीबार, ०७ साउन २०७८, १९ : ५६
बिहीबार, ०७ साउन २०७८

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीका अनुसार  प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।

त्यस्तै, नेपाली प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश्वर अधिकारीलाई पनि प्रहरी उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप