शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुस्माको द क्लिफ रिसोर्टमा हनि हन्टिङ शैलीमा हाइ रोप स्टेसन, बन्जी पुलमा राँको शैलीको सोलार बत्ती

बिहीबार, ०७ साउन २०७८, १९ : २७
बिहीबार, ०७ साउन २०७८

पर्वत । एसियाकै नमूना झलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सन्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बाग्लुङको बलेवामा हाइ रोप स्टेसनको निर्माण गरेको छ।

स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ  गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो भएको बताइएको छ। 

साथै बन्जीका लागि बनाइएको नमुना पुलमा राँको शैलीको सोलार बत्ती राखिएको छ । ५ सय २५ मिटर लामो पुलमा वारपार राखिएको सोलार बत्तीले रातको समयमा थप आकर्षण दिने कार्की बताउँछन् ।

साथै रिसोर्टमै भगवान पाइलाको निर्माण भइरहेको छ। जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्। पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाईमा रहने बताइएको छ। पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ।

यस्ता खालका गतिविधिले पर्यटकलाई उचाईको डरसँग सामना गर्न सगाउने बताउँदै  कार्की थप्छन्, ‘भोलिका दिनमा पनि अन्य सहासिक गतिविधि थप्दै लैजाने योजना रहेको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप