शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा २४ घण्टाभित्र १४ संक्रमितको मृत्यु

बिहीबार, ०७ साउन २०७८, १९ : २६
बिहीबार, ०७ साउन २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा  १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनीहरूको विभिन्न अस्पताल तथा होम आइसोलेसन मृत्यु भएको प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार कोरोना सङ्क्रमणका कारण झापाका पाँच, मोरङका तीन, सुनसरीका चार तेह्रथुम र इलामका एक–एक जनाको मृत्यु भएको छ । त्यसैगरी प्रदेश १ मा आज ४५८ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ६ सय १२ जनाको पीसीआर परीक्षण गर्दा २०५ महिला र २५३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । ९९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३२० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा २०७, मोरङमा १३२, सुनसरीमा ९५, इलाममा ५, धनकुटामा ३, पाँचथर, सङ्खुवासभा र उदयपुरमा २–२, ताप्लेजुङ, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण पुष्टि भएको छ । 

झापाको दमकमा ७०, बिर्तामोडमा ३७, मेचीनगरमा २४, कनकाईमा १९,  शिवसताक्षीमा १६, अर्जुनधारामा १५, कमल गाउँपालिकामा ७, भद्रपुरमा ७,  बुद्धशान्तिमा ६, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५३, बेलबारीमा २७, केराबारीमा २२, सुन्दरहरैचामा १५, उर्लाबारीमा ४, पथरीशनिश्चरेमा ३, बुढीगंगा, लेटाङ र स्थानीय तह नखुलेका २–२, रतुवामाई र कानेपोखरीमा १–१, सुनसरीको धरानमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै इटहरीमा ३०, कोशी गाउँपालिका, दुहवी, बराहक्षेत्र र देवानगञ्जमा २–२, रामधुनीमा १ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, रोङमा १, धनकुटाको धनकुटा नगरपालिका, पाख्रिवास र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभामा २, उदयपुरको कटारी र बेलकामा १–१, ताप्लेजुङको फुङलिङ, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको बराहपोखरी १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८० हजार ११५ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ४९३ जना संक्रमणमुक्त भएका छन् ।

आज ४०३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप