बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : ७२ जना डिस्चार्ज हुँदा २९ जना संक्रमित थपिए

बिहीबार, ०७ साउन २०७८, १९ : २०
बिहीबार, ०७ साउन २०७८

कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा  आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन । 

आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ ।  यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप